
‘सबसे पहले पाकिस्तान विद प्रेसिडेन्ट मुशर्रफ’ नामक कार्यक्रममा समसामयिक विषयमा आधारित रहने बताइएको छ ।
‘कू’ गरी मुलुकको शासन सम्हाल्न पुगेका मुशर्रफले सत्तामा रहँदा यही नारा अगाडि सारेका थिए ।
साप्ताहिकरुपमा प्रसारण हुने कार्यक्रम गत महिनाबाट पाकिस्तानी टेलिभिजन ‘बोल’मा सुरु भएको थियो ।
दुबईमा रहेका मुशर्रफले राजनीति, सेना, अर्थव्यवस्था र मनोरन्जनसँग जोडिएका विषयमा कार्यक्रम गरिहेका छन् ।
पाकिस्तानमा अवकाश प्राप्त सेना प्रमुख एवं पूर्वसरकार प्रमुखले टेलिभिजन कार्यक्रम गरेको यो पहिलोपटक हो ।
सन् २००८ मा सत्ता छोड्न बाध्य भएका मुशर्रफले सन् २०१३ नयाँ पार्टी खोलेका थिए । तर, विभिन्न मुद्दाका कारण उनले चुनावमा भने भाग लिन पाएनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्