२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की


0
Shares

बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो ।

सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । योगी सरकारलाई पर्चामार्फत चुनौती दिदैं भनिएको छ, ‘सक्ने भए ध्वंशलाई बचाउ ।’

मिर्जापुर थानाका प्रहरीले उक्त पर्चाबारे अनुसन्धान थालेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संसदीय क्षेत्रमा उक्त पर्चा पाइएका कारण गुप्तचर निकायले पनि मामलालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेको बताइएको छ ।

पर्चामा पूर्वाञ्चल क्षेत्रमा आइएसका दुई हजार लडाकु रहेको दाबी गरिएको छ ।

कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथ नेतृत्वमा राज्य सरकार गठन भएपछि उत्तर प्रदेशलाई आइएसले निशाना बनाउन लागेको अनुमान गरिएको छ । (एजेन्सी)