३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा सिन्धुलीका अनिलकुमार पाख्रिन र गणेशबहादुर गोले छन् ।

महानगरीय प्रहरी परिसर ललितपुुरले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नक्कली लाइसेन्स बनाउने प्रिन्टर, यातायात व्यवस्था विभाग बाग्मती र कोसीको किर्ते लाइसेन्स, होलोग्राम र छापहरुसमेत बरामद गरेको छ ।

पाख्रिनले आफ्नै घरमा आवश्यक सामग्री राखेर नक्कली लाइसेन्स बनाउने गरेको प्रहरीले जनाएको छ ।