३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


प्रेमिकालाई प्रयोग गरी व्यापारीको अपहरण र फिरौती, त्यसपछि प्रेमिकाकै हत्या (भिडियो)


0
Shares

हत्याका प्रमुख योजनाकार प्रकाश लामिछाने भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी फागुन ५ गते सारी व्यापारी श्यामसुन्दर अग्रवाललाई अपहरण गरी फिरौती असुल्ने समूहले नै राधिकाको हत्या गरेको जनाएको हो ।

लामिछानेले मख्खनटोलस्थित व्यापारी अग्रवालको पसलमा काम गर्ने आफ्नी प्रेमिका राधिकालाई प्रयोग गरेर अग्रवालको अपहरण गरेको र सुन्धारास्थित होटलमा बोलाइ थुनेर १० लाख ७० हजार रुपैयाँ फिरौती असुल गरेको पनि प्रहरीले जनाएको छ ।

तर, लामिछानेले सोही राति राधिकालाई भक्तपुरस्थित आफ्नै घरमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।

लामिछाने र राधिकाबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस्