
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय गुरुङ थरका युवा रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
उनको साथबाट १० लाख रुपैयाँ बराबरको २ हजार २०५ सेट डाइजेलाव, एभिल र लुप्रिजेसिक नामक लागुऔषध बरामद भएको कोसी अञ्चल प्रहरी कार्यालयका एसएसपी उत्तम कार्कीले जानकारी दिए ।
भारतबाट लागुऔषध ओसार–पसार गर्ने दुईजना फरार रहेकाले पक्राउ परेका व्यक्तिको परिचय नखुलाइएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्