२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


जापानमा दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा थुपारियो


0
Shares

सयौं सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

देशभरि रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौं कुखुरा नस्ट गरिसकिएको छ ।

उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो संख्यामा कुखुरा नस्ट गरिने भएको छ ।

कुखुरा संकलन गरी नस्ट गर्ने टोली झन्डै दुई लाख २० हजार कुखुरा मार्न मियागी क्षेत्रमा जाने अधिकारीले जनाएका छन् ।

टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा ६८ हजार कुखुरा नस्ट गरिने भएको छ ।

स्थानीय सरकारको आग्रहमा ‘सेल्फ डिफेन्स फोर्स’ले कुखुरा भएका ठाउँहरुको खोजी गरी कुखुरा र अन्डा संकलन र नस्ट गर्ने कार्य गर्ने भएको छ ।

कुखुरा मार्नका लागि रक्षा मन्त्रालयले ३७० ओटा समूह ती क्षेत्रमा पठाएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । रासस/एएफपी