
शिशु जन्माएर गाडेको आशंकामा रामेछाप गौसरा १ घर भइ हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।
बच्चा जन्माउने बेला भएपछि उपचारकालागि पैसा सापटी लिन श्रीमान् मेघबहादुर तामाङ गाउँ गएका बेलामा बच्चा जन्माएपछि नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साइली तामाङलाई नियन्त्रणमा लिएको र हाल उनको उपचार भक्तपुर अस्पतालमा गराइरहेको प्रवक्ता प्रसाईंले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक प्रसाईंले गाडेको शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्