३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नौ वर्षीया बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद


0
Shares

याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो ।

विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।

त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ । रासस