
नयाँ दिल्ली, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् ।
आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा धोएका हुन् । पाँचैजनालाई कुर्सीमा राखेर आफू होचो आसनमा बसेर उनले उनीहरुको खुट्टा पालैपालो धोएका हुन् । कुम्भ मेलामा उनीहरुले निर्वाह गरेको विशेष योगदानलाई मध्यनजर गर्दै मोदीले उनीहरुको खुट्टा धोएका हुन् ।
प्रतिक्रिया दिनुहोस्