३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


हत्यारा १३ वर्षपछि पक्राउ


0
Shares

बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।

२९ वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्मकैद सजाय सुनाएको थियो ।

त्यही वर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंह थापाका नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ वर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको विशेष टोलीले गत बिहीबार उनलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा पेस गरेको हो ।

आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाइ अदालतद्वारा पर्वत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले बताए ।

अभियुक्त थापासहित बेउलीबास गाविस–३ बस्ने दिलप्रताप सेन, लक्ष्मण सेन, रामबहादुर पुलामी, रेशमबहादुर थापा, दीपसानु थापा र लिटलसमेत ६ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो ।

भलिबल खेलको हारजितको सामान्य विषयलाई लिइ धारिलो हतियार हान्दा बेउलीबासका रानाको ज्यान गएको थियो । रासस