Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकारलाई नयाँ ढंगबाट अगाडि बढाउने विषयमा छलफल : दाहाल


0
Shares

कपिलवस्तु, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई नयाँरुपबाट अगाडि बढाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

शुक्रबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोजित एक कार्यक्रमकाक्रममा सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले केही मन्त्रालयमा मन्त्री हेरफेर हुनसक्ने बताए ।

अध्यक्ष दाहालले विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

त्यसअघि, विजयनगर गाउँपालिकामा आयोजित कवि सम्मेलनको उनले उद्घाटन गरेका थिए ।

त्यसक्रममा कार्यक्रमको आयोजक विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापामगरले अध्यक्ष दाहाललाई स्मरणपत्र बुझाएका थिए । उनलाई २१ किलोको मालासमेत पहिर्‍याइएको थियो ।

कार्यक्रममा नेपाल र भारतका एक दर्जनभन्दा बढी कवि र साहित्यकारहरुको सहभागिता रहेको थियो ।