Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


गोली लागेर घाइते भएकी निलुको मृत्यु


0
Shares

घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलुको गएराति वीरगन्जको नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा मृत्यु भएको हो ।

घाइते निलुकोे देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै शल्यक्रिया गरी निकालिए पनि स्वास्थ्यमा कुनै सुधार नआएकाले राति ९ः१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रराज जोशीले बताए ।

यही चैत २९ गते मङ्गलबार श्रीमानसँगै कोठामा सुतिरहेका बेला बिहान २ बजेतिर अज्ञात व्यक्तिले चलाएको गोली लागि निलु गम्भीर घाइते भएकी थिइन् । घटनाबारे अनुसन्धानका लागि निलुका श्रीमान् वीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

निलु हत्या कान्डमा परिवारकै सदस्यको हात भएको अनुसन्धानबाट देखिएकाले सोधपुछका लागि उनका श्रीमानलाई जिल्ला प्रहरी कार्यालमा राखिएको प्रवक्ता जोशीले बताए । (रासस)