३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कोदालोले हानेर घरपेटीले गरे डेरामा बस्नेको हत्या


0
Shares

मृतक रिमाल र घरपेटी पौडेलबीचको भनाभनले उग्ररुप लिँदा घटना भएको जनाइएको छ ।

नवलपरासीकै दुम्कीवास घर भएका ३६ वर्षीय मृतक रिमाल सरस्वती निकेतन बोडिङ स्कुल गैंडाकोटमा अंग्रेजी विषयका शिक्षक थिए ।

हत्यालगत्तै पक्राउ परेका पौडेल नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक सुवास हमालले बताए ।