काठमाडौं, फागुन १० । गाडी दुर्घटनामा घाइते भएका प्रदेश नं. ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद ओलीको गएराति निधन भएको हो । सांसद ओली गत माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए ।
दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट विजयी भएका थिए । उनको शव श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्