
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’ भनिने केशव राउतको हत्या गरेको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।
छोराको हत्या गरी शवलाई सेफ्टीट्यांकीमा फालेर छोरा हराएको भन्दै रीनादेवीले शनिबार नै वडा प्रहरी कार्यालय मुजेलियमा उजुरी दिएकी थिइन् ।
बालकको शव भेटेलगत्तै प्रहरीले बालकका बाबु र सौतेनी आमालाई पक्राउ गरेको हो ।
बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कर्तव्य ज्यान मुद्दाअन्तर्गत् कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हतियारसहित युवक पक्राउ
प्रहरीले जनकपुर उपमहानगरपालिका–८ रामानन्दचोकबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
नियमित जाँचकाक्रममा क्षीरेश्वरनाथ नयरपालिका–११ शान्तिपुरका सिकिन्द्र यादवको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्