Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


समाज कल्याण परिषदका पदाधिकारी पदमुक्त, यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय


0
Shares

काठमाडौं, फागुन ९ । सरकारले समाज कल्याण परिषदका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदनियतपूर्ण र कानुनविपरीत कार्य गरेकाले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरिएको जानकारी दिए ।

उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गर्ने उनले बताए ।

मन्त्री बाँस्कोटाले यातायात प्राधिकरण ऐन विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको, अदालतको फैसलामा सरकारी कोषबाट क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालयमार्फत् पीडितलाई उपलब्ध गराउने, पाँचखाल–मेलम्ची सडकको स्तरोन्नतिका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले कोसी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकारअन्तर्गत् राख्नेलगायत २३ ओटा निर्णय गरेको छ ।

यही फागुन ३ गते शुक्रबार र फागुन ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गरिएको हो ।

निर्णयहरु पढ्नोस्