३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अपहरित भारतीय नागरिक सकुशल मुक्त


0
Shares

गत चैत २३ गते अपहरित भारत विहारस्थित मझारीका २३ वर्षीय यादवलाई बेतहा गाउँमा राखेको गोप्य सूचनाका आधारमा सगरमाथा अञ्चल प्रहरी कार्यालय र लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेतहास्थित रमेश लामाको घरबाट सकुशल मुक्त गराएको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

साथै अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका जयराम यादव र सप्तरीको बिसनपुरका दीपनारायण यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने र अपहरणमुक्त भारतीय नागरिकलाई परिवारको जिम्मा लगाइनेछ । रासस