Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेस बैठक आज, नेविसंघ तदर्थ समिति गठनबारे छलफल हुने


0
Shares

काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । नेविसंघ विघटन भएपछि तदर्थ समिति गठनका विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि अहिले माउ पार्टी कांग्रेसले तदर्थ समिति गठनको तयारी गरिरहेको छ । समिति गठन गर्दा ३२ वर्षे उमेर हद राख्ने कि नराख्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।

यता, नेताहरुबीच स्वार्थ बाझिएपछि कांग्रेसको विधानले अन्तिम रुप पाउन सकेको छैन । महासमिति बैठकले पारित गरिसके पनि शीर्ष नेताहरुको स्वार्थ नमिल्दा विधानलाई अन्तिम रुप दिन ढिलाइ भइरहेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।