Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘सरकारको एकवर्षे कार्यकाल असफल’


0
Shares

काठमाडौं, फागुन ८ । विभिन्न राजनीतिक विश्लेषकहरुले वर्तमान सरकारको एकवर्षे कार्यकाल असफल भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सात्क्षात्कार कार्यक्रममा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सरकार जनतासँग जोडिने कार्यक्रममाभन्दा महत्वाकांक्षी सपनामा भुलेको बताए ।

यस्तै, अर्का विश्लेषक डा. सुुरेन्द्र केसीले सरकार निरंकुश बनेको भन्दै दुईतिहाइको सरकार एउटा गीतको पछि लाग्नु लज्जास्पद भएको धारणा राखे ।

कार्यक्रममा डा. रमेश ढुंगेलले देशमा जनमतबिना संघीयता, धर्मनिरपेक्षताजस्ता व्यवस्था लादिएको आरोप लगाए ।