२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सीडीओ संघीय सरकारको मातहतमा : कानुनमन्त्री


0
Shares

बुटवल, फागुन ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय सरकारको मातहतमा प्रमुख जिल्ला अधिकारी रहने बताएका छन् ।

बुधबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले प्रदेश र संघबीच कुनैपनि विवाद नभएको भन्दै प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधिकारुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताए ।

प्रमुख जिल्ला अधिकारी नागरिकता, पासपोर्ट, सीमा सुरक्षा र वैदेशिक मुद्रासँग जवाफदेही हुने भएकाले संघकै मातहत राखिने मन्त्री ढकालको भनाइ छ ।