
शनिबार सुनसरीको पोकलीचोकमा चेकजाँच गर्नेक्रममा अटोमेटिक पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी–६ का २५ वर्षीय अमित सिंह र मोरङ, सुन्दर–हुलाकीका प्रेम कुमार रहेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट ७.५५ एमएमको एउटा अमेरिकन पेस्तोल, गोली ३ राउन्ड र एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्