२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अढाई वर्षदेखि नेपाली गैंडा भारतको खोरमा


0
Shares

काठमाडौं, फागुन ८ । भारतले नेपालको एक गैंडालाई करिब अढाई वर्षदेखि थुनेर राखेको तथ्य प्रकाशमा आएको छ ।

भारतकै एक दैनिक अखबार ‘जागरण’ ले यो तथ्य प्रकाशमा ल्याएको हो । उक्त अखबारले खुलासा गरेअनुसार उत्तर प्रदेश राज्यस्थित ‘दुधवा टाइगर रिजर्भ’मा उक्त गैंडालाई थुनेर राखिएको छ ।

दुधवा पार्क प्रशासनलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार करिब अढाई वर्ष अघि भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाली भाले गैंडालाई उतै थुनेर राखिएको हो । उक्त गैंडालाई हाल प्रजनन् केन्द्रमा राखिएको छ । ‘फेस २ परियोजना’ नाम दिइएको गैंडा प्रजनन् अभियानमा उक्त नेपाली गैंडालाई प्रयोग गरिएको हो ।