
डम्मर बुढा मगर
बागलुङ, फागुन ८ । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ध१ज ७९१ नम्बरको जिप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा तीनजनाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान भने भइसकेको छैन ।
जिपमा करिब २५/३० जना यात्रु रहेको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी, अभिभावक सवार जिप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिए ।
सडकदेखि करिव ७ सय मिटर तल खसेको जिपमा के कति मानवीय क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्