३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सैनिक भर्तीका लागि लिइएको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ


0
Shares

इटहरी उपमहानगरपालिका–४ आइतबारेस्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षामा परीक्षार्थीका नाममा नक्कली परीक्षार्थी भई हलमा परीक्षा दिइरहेको अवस्थामा सुनसरी बराह नगरपालिकाका पासाङ राई र धनकुटाका धनबहादुर राई पक्राउ परेको बताइएको छ ।

अभियुक्त दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालयका प्रहरी हिरासतमा राखेर आवश्यक सोधखोज र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । (रासस)