काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रक्रियालाई मतदातामैत्री बनाउनुपर्ने बताएकी छन् ।
तेस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले मंगलबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्वाचन प्रक्रियालाई अझ सरल बनाउँदै मतदातामैत्री बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा ९४१ पद रिक्त रहेको भन्दै ती स्थानमा उपनिर्वाचन गराउने तयारीमा आयोग रहेको बताए ।
सो अवसरमा आयोगमा २० वर्षभन्दा बढी काम गर्ने पाँचजना कर्मचारीलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्