२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बौद्ध धर्मावलम्बीले ‘आयु संस्कार परित्याग दिवस’ मनाउँदै


0
Shares

काठमाडौं, फागुन ७ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मंगलबार २५६३औं ‘आयु संस्कार परित्याग दिवस’ मनाइरहेका छन् ।

सिपुन्हि (माघ पूर्णिमा)का दिन भगवान् गौतमबुद्धबाट चापाल चैत्यमा तीन महिनापछि वैशाख पूर्णिमाका दिन आफ्नो नश्वर भौतिक शरीर परित्याग गरी महापरिनिर्वाण प्राप्त गर्ने घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ ।

भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेको ठाउँ भारतको कुसीनगरमा विशेषरुपमा यो दिवस मनाइन्छ ।

भगवान् बुद्धका सौतेनी आमा महाप्रजापति गौतमीसहित अन्य हजारौं महिलाहरुले बौद्ध शासन ग्रहण गरेको र महाप्रजापतिले परिनिर्वाण प्राप्त गरेको सम्झनामासमेत यो दिवस मनाइन्छ ।

यसैबीच, बुद्ध जन्मस्थल लुम्बिनी, उपत्यकाको चारुमति विहार, खास्ति, स्वयम्भूलगायतका विभिन्न विहार र गुम्बाहरुमा पञ्चशील, अष्टशील ग्रहण र परित्राण पाठ गरी बुद्धपूजासमेत गरिएको छ ।