२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


न्यायाधीश जोशीको राजीनामा स्वीकृत


0
Shares

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खन्ड (क) बमोजिम सो राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादकाबीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

उनी बिदामा बसेका थिए । उनको कार्यकाल आगामी जेठसम्म थियो । रासस