Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


बाबुको हत्या आरोपमा १५ वर्षीया छोरी र सहोदर भाइ पक्राउ


0
Shares

मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवं अनुसन्धानकाक्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताए ।

हत्या घटना चैत २२ गते साँझ भएपनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबारमात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताए ।

सो दिन साँझ मादकपदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् । रासस