३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

यता गुरुङका छोरीसहित स्थानीयवासीले कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ । श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।

अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए । (रासस)