८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुको अनुगमन गर्दै


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो । अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको कामबारे अनुगमन गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा अनुगमन समितिका संयोजक टंकमणि शर्माले विकास निर्माणमा ध्यान नदिइएको तथा पुँजीगत खर्च कम भएको विषयमा अनुगमन भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मन्त्रालयहरू र मातहतका निकाय तथा परियोजनाले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै नियमित अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिव शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेका थिए । संयोजक शर्माले प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालय र मातहतका निकायको कामबारे आक्रामक अनुगमन थालिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय र निकायमा गरेको अध्ययनमा चालू आर्थिक वर्ष ०७३÷७४ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्रै गरेको पाइएपछि अनुगमन थालिएको हो ।

अनुगमन समितिका संयोजक शर्माले पनि चालू आवको साढे १० खर्ब बजेटमध्ये चैत मसान्तसम्म ४ खर्ब २० अर्ब मात्रै खर्च भएकाले विकास निर्माणमा गम्भीर समस्या रहेको ठहर भएको र अनुगमन पनि तीव्र पारिएको बताए । –नयाँ पत्रिका दैनिकबाट