Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


बायर्न म्युनिखलाई लगातार पाँचौं पटक जर्मन लिगको उपाधि


0
Shares

गएराति भएको खेलमा उल्फवर्गलाई ६–० ले पाखा लगाउँदै बायर्न म्युनिखले कीर्तिमानी २७ औं पटक लिगको उपाधि उचालेको हो । गएरातिको खेलमा बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने डेभिड अलाबा, आर्यन रोबेन, थोमस मुलर र जोसुवा किमिचले एक–एक गोल गरे ।

बायर्न म्युनिखको यो उपाधिसँगै ईटालीयन प्रशिक्षक कार्लो एन्सेलोटीले युरोपका शीर्ष चार देशको प्रिमियर लिग जितेका छन् । एन्सेलोटीले यसअघि एसी मिलानलाई ईटालीयन लिग, चेल्सीलाई इङ्लिस प्रिमियर लिग र पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिगको उपाधि जिताएका थिए ।

युरोपको शीर्ष ५ लिगमध्ये चार वटा लिगको उपाधि जित्ने एन्सेलोटी पहिलो फुटबल म्यानेजर बनेका छन् । उनले स्पेनीस लिगको उपाधि जित्न भने बाँकी छ ।