२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बाराका प्रजिअ भट्टराईको उपचारकाक्रममा निधन


0
Shares

कलैया, फागुन ६ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौंस्थित टिचिङ अस्पतालमा सोमबार दिउँसो निधन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारकाक्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताए ।

प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नम्बर–१२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेललगायतका टोली चढेको बा१झ १६३३ नम्बरको गाडी माघ १२ गते शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो ।

घटनामा गम्भीर घाइते प्रजिअ तथा अंगरक्षक गुरुङको उपचार वीरगन्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । रासस

यो पनि पढ्नोस्

सीडीओको जिप दुर्घटना नियोजित ?