Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


दशरथचन्द क्रिकेट स्टेडियम निर्माण रोकियो, राखेप र ठेकेदार कम्पनीबीच विवाद


0
Shares

दुई वर्षअघि अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु भएपछि उत्साही बनेका स्थानीय र खेलाडीहरु निर्माणकार्य रोकिएसँगै निराश बनेका हुन् ।

ठेकेदार र राष्ट्रिय खेलकुद परिषद (राखेप)बीचको विवादका कारण निर्माणकार्य रोकिएको हो ।

दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषदले बहुउद्देश्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एन्ड बसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो ।

ठेकेदारले स्वीकृत ठेक्काबमोजिम एक करोड १९ लाख रुपैयाँ बराबरको काम गरेको तर खेलकुद परिषद्ले ३० लाखमात्र भुक्तानी दिएको दाबी गरेको छ ।

तर, परिषद्ले भने कामको मूल्यांकनका आधारमा रकम भुक्तानी दिइसकेको बताएको छ ।