
काठमाडौं, फागुन ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समयअनुसार परराष्ट्र नीतिमा परिमार्जन गर्नसकिने बताएका छन् ।
सोमबार राजधानीमा नेपाल विश्व सम्बन्ध परिषदको ७१औं वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले सरकार वैदेशिक लगानी भित्र्याउन र नेपाललाई विश्वबजारमा स्थापित गर्न तत्पर रहेको बताए ।
वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल विश्व सम्बन्ध परिषदका अध्यक्ष हेमन्त खरेलले देशको परराष्ट्र नीतिले समृद्धि र आर्थिक विकासमा भूमिका खेल्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्