३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मलेसियाका पूर्वप्रधानमन्त्री रजाकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


0
Shares

काठमाडौं, असार २० । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।

मंगलबारमात्र भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोप लागेका रजाकलाई भ्रष्टाचार अनुसन्धान गर्ने निकायले पक्राउ गरेको थियो ।

रजाकमाथि राज्यकोषबाट ७० करोड अमेरिकी डलर हिनामिना गरेको आरोप लागेको छ । उनीविरुद्धको आरोप प्रमाणित भए २० वर्षको जेल सजाय हुनसक्ने बताइएको छ ।

गत महिना चुनावमा पराजित भएपछि रजाकविरुद्ध नयाँ अनुसन्धान सुरु भएको हो । उनी मोहम्मद महाथिरसँग पराजित भएका थिए ।

महाथिरले पदभारग्रहण गर्नेबित्तिकै रज्जाकलगायतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए ।

रजाक पक्राउ परेसँगै उनकी श्रीमती रोसमा मन्सुरलाईसमेत देश छाड्न रोक लगाइएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले रजाकको कम्पनीले ४.५ बिलियन डलर लुटेको तथा ६८१ मिलियन डलर रजाकको बैंक एकाउन्टमा फेलापरेको र ३० मिलियन डलर बराबरको रकमले उनकी पत्नीले गहना किनेको दाबी गरेका थिए । (एजेन्सी)