Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


0
Shares

सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।