८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


महाभियोगविरुद्ध २६६ भन्दा बढी सांसद


0
Shares

स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरितको महाभियोग फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीको कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबारर बिहानसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ ।

‘प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकीकरण सिद्धान्त, स्वतन्त्र न्यायापालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकाले सो प्रस्ताव तुरून्त फिर्ता लिई कानुनी कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलसँग माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । संसदमा एमालेको १८१, राप्रपाको ३७, लोकतान्त्रिक फोरमको १६, संघीय समाजवादी फोरमको १५, नेकपा मालेको ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, र नेपा पार्टी, बहुजन शक्ति र मधेस समता पार्टीको एक÷एक गरी २६६ सिट छ । कुल सदस्य संख्या ५९३ को एक तिहाई १९८ भन्दा बढी सिट ओगट्ने यी दलको विरोधका बीच संसदबाट महाभियोग प्रस्ताव पारित हुने सम्भावना छैन ।

संविधान अनुसार महाभियोग प्रस्ताव पारित हुन दुई तिहाई (३९६) मत आवश्यक पर्छ । –कान्तिपुर दैनिकबाट