
गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेडले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो । स्पेनमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस रास्फोर्डले फ्रि किकमार्फत निर्णायक गोल गरे ।
दोस्रो लेगको खेल अर्को हप्ता म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।
युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को सेमिफाइनलमा नेदरल्याण्ड्सको आयाक्स एम्स्टरडम र फ्रान्सको लियों भिड्दैछन् । पहिलो लेगमा आयाक्सले ४–१ को अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्