Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आर्सनलसँग म्यानचेस्टर युनाईटेड पराजित, ८१ अंकसहित चेल्सी शीर्ष स्थानमा


0
Shares

आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो ।

खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका र ड्यानी वेल्बेकले एक/एक गोल गरे । जितसँगै आर्सनलले तालिकाको शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ ।

राति भएको अर्को खेलमा लिभरपुललाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ ।

खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाए पनि जेम्स मिल्नरको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

आइतबार रातिका खेलहरुपछि इङ्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३४ खेलबाट ८१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको टोटनह्याम हट्सपर ७७ अंकसहित दोस्रो स्थानमा रहँदा २ खेल बढी खेलेको लिभरपुल ७० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने ६५ अंकका साथ म्यानचेस्टर युनाईटेड पाँचौ स्थानमा छ ।

एक खेल कम खेलेको आर्सनल भने ६३ अंकको साथ छैटौं स्थानमा रहेको छ । प्रिमियर लिग फुटबलमा आज राती चेल्सीले मिडिल्सब्रोसँग खेल्नेछ ।