
सोमबार राति भएको खेलमा मिडिल्सब्रोलाई ३-० ले हराउँदै चेल्सीले उपाधि जित्ने पक्का गरेको हो ।
आगामी शुक्रबार राति वेष्ट ब्रोमलाई हराएको खण्डमा चेल्सीले प्रिमियर लिगको उपाधि जित्नेछ ।
राति चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा, मार्कस अलन्सो र नेमान्जा माटिचले एक–एक गोल गरे ।
जितसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ ।
सिजनमा तीन खेल मात्रै खेल्न बाँकी छँदा चेल्सीको ८४ अंक छ भने टोटनह्यामको ७७ अंक मात्रै छ ।
उता राति पराजित भएसँगै मिडिल्सब्रो भने प्रिमियर डिभिजनबाट रेलिगेसनमा पर्दै दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरेको छ ।
यसअघि सण्डरल्याण्ड पनि दोस्रो श्रेणीमा झरिसकेको थियो । रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्न बाँकी छ ।
हल सिटी, क्रिष्टल प्यालेस, स्वान्सी सिटी, वाट्फोर्ड र बर्न्लेमध्ये एउटा टोली दोस्रो श्रेणीमा झर्नेछ ।
प्रतिक्रिया दिनुहोस्