२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


६ लाख ८० हजार घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ


0
Shares

पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले ६ लाख ८० रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए ।

मण्डललाई सोमबार दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ । रासस