Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानसेनापति क्षत्री अमेरिका जाँदै


0
Shares

प्रधानसेनापति क्षत्रीद्वारा अमेरिकामा रहँदा जनरल ब्राउन र मेजर जनरल क्रिस्टोफर क्याभोलीसँग शुक्रबार भेटवार्ता गर्नेछन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले अमेरिकी सेनाका विभिन्न एकाइद्वारा प्रस्तुत हुने व्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नेछन् ।

अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले प्रशान्त क्षेत्रको वायुसेनाका प्रमुख, विशेष परिचालन प्रमुखलगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा अमेरिकी सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुनजाने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधान सेनापति क्षत्री यही जेठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । (रासस)