
पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौं र छैठौं तलामा सञ्चालन हुँदै आएको छ ।
कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने भएको छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् ।
मेयर र उपमेयरका लागि तयारी गरिएका दुवै कोठा छैटौं तलामा छन् तर लिफ्ट कहिले चल्छ, कहिले चल्दैन । सर्वसाधारण जनताले मेयर र उपमेयरलाई भेट्नुपरेमा सकस नै हुनेछ ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर तथा उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्