१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कोरोनापीडित दिल्लीका स्वास्थ्यमन्त्री जैनको स्वास्थ्य अवस्था गम्भीर


0
Shares

काठमाडौं, असार ५ । नयाँदिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको स्वास्थ्यस्थिति जटिल बनेपछि प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ ।

दुई दिनअघि कोरोनाभाइरस संक्रमित भएपछि राजीव गान्धी अस्पतालमा भर्ना गरिएका जैनको स्वास्थ्यस्थिति नाजुक बनेपछि उनलाइ म्याक्स अस्पतालमा सारिएको छ ।

सास फेर्न कठिन भएको र लगातार खोकी लाग्ने तथा ज्वरो नघटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच, भारतीय गृहमन्त्री अमित शाहले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै गृहमन्त्री शाहले स्वास्थ्यलाभको कामना गरेका हुन् । साथै, उनले भारतमा कोरोना संक्रमण रोक्ने जिम्मेवारी आफनो काँधमा आएको भन्दै रोकथामका लागि डटेर लाग्ने बताएका छन् ।

दिल्लीमा महामारी नियन्त्रणको जिम्मेवारी पनि केन्द्रीय गृहमन्त्रीलाई दिइएको छ । (एजेन्सी)