Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


ट्रक र विमान जुध्दा आठ जना घाइते


0
Shares

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकै ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ ।

नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक एक फन्का घुमी पल्टिएको थियो । ट्रकमा सवार दुई महिलासहित आठजना आपूर्ति कर्मचारीहरु घाइते भएकामा दुबै जना महिलाको स्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन् ।

विमानमा सवार एकसय ४४ जना जति यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन ।

तर, बिमानको दायाँ पट्टिको पखेटा नराम्ररी क्षति भए तापनि इन्धन पोखिने वा आगलागीका कुनै पनि घटना हुन नपाएको समेत जनाइएको छ । (रासस/सिन्ह्वा)