
सोमबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा डा.महतले कामचलाउ सरकार भएपनि आवश्यकताअनुसार एक वर्षका लागि तोकेर सरकारले सहमतिका आधारमा बजेट ल्याउनसक्ने बताए ।
निर्वाचनको समयमा बजेट ल्याउनु आचारसंहिताविपरीत भएपनि सहमतिका आधारमा भने ल्याउन सकिने उनको भनाइ छ ।
पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो पार्टीले तालमेलका कारण सोचेकोजस्तो नतिजा ल्याउन नसकेको स्वीकार्दै महतले दोस्रो चरणमा अहिले गरिएका भूलसुधार गरी राम्रो नतिजा ल्याइने दाबी गरे ।
संविधान संशोधन गरेर कार्यान्वयनमा जानुको विकल्प नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्