२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले सकारात्मक रहेर १६ सय २६ कायम भएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह हरियो रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ५५ अंकले उकालो लाग्यो । बिमा समूह पनि २० अंकले उकालियो । वित्त, वाणिज्य बैंक र बीमा समूह पनि दोहोरो अंकले सुधारिए । अरु समूह सामान्य अंकलेमात्र सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको १० लाख १७ हजार कित्ता सेयर ७९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।