
सौभाग्य-समृद्धि प्राप्तिका लागि भन्दै यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।
वरको रूखको फेदमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिस्थापित भएको जनविश्वास अनुसार यो व्रत बनाउने गरिएको बताइन्छ ।
मैथिली भाषामा बरलाई वट भन्ने गरिन्छ । नव विवाहिता महिलाहरुले विशेष विधी विधानका साथ यो पूजा गर्ने चलन रहेको छ ।
पौराणिक कथा अनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।
यसमा वरको रूखमुनी गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्