
विदेशिने युवाहरुलाई लक्षित गर्दै सामाजिकरुपमा व्यावसायिक तरिकाले खेती गर्ने व्यक्तिहरु न्यून भएकाले व्यावसायिक खेतीमा जोड दिने मुख्य उद्देश्य राखेर फारम खोलिएको फारमका सन्चालक श्यामकुमार पोखरेल बताउँछन् ।
मासु तथा मासुजन्य वस्तु उत्पादन गर्ने उद्देश्य राखेर स्थापना गरिएको फारममा हाल जमुना पारीक्रस, बारबेरी, सानन र खरी जातका बाख्राहरु रहेका छन् ।
फारममा हाल व्यावसायिक कृषि तथा व्यापार आयोजना ‘पाक्ट’को चौथो ‘कल’अन्तर्गत् पुरक अनुदानको उपआयोजना सन्चालन भइरहेको छ ।
सो कार्यक्रमअन्तर्गत् फारमले विभिन्न किसिमका भौतिक संरचनाहरु निर्माणकार्य तीव्रगतिमा अगाडि बढाइरहेको छ ।
फारमले उपआयोजनाअन्तर्गत् व्यावसायिक कृषि तथा व्यापार आयोजना पाक्टको ‘नम्स’अनुसार विभिन्न चरणमा हुने सार्वजनिक सुनुवाइमध्ये प्रथम चरणको सार्वजनिक सुनुवाइ २०७३ साल माग १९ गते सम्पन्न गरिसकेको छ ।
आगामी दिनमा ५ सय बाख्रा पुर्याउने लक्ष्य राखिएको फारमका व्यवस्थापक गंगा खनाल बताउँछन् ।
१० रोपनी जग्गामा बाख्राफारम सन्चालन गरिरहेको फारमले बाख्रापालनसँगै ३० रोपनी जग्गामा डालेघाँस तथा भुइँघाँस उत्पादन गर्ने गरेको छ ।
फारमको चरण क्षेत्र निजी तथा सामुदायिक वन अन्दाजी ६ सय हेक्टर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्