Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सुत्केरीपछि हजार दिनका आमाका लागि पोषण तालिम


0
Shares

जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास, पशुसेवा, खानेपानी तथा सरसफाइ सब–डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो ।

हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्यगरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ । रासस